२०८३, २० आश्विन बुधबार

काभ्रेको नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

काभ्रेको नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

१४ भूमिहीन दलित, ७० भूमिहीन सुकुम्बासी र ९ सय ७८ जना अव्यवस्थित बसोबासीको निवेदन


भकुण्डेवेशी । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा बसेको व्यवस्थापन सहजिकरण समितिको बैठकले व्यवस्थापनका काम अघि बढाएको हो । नगरपालिकाले यसअघि सबै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिसकेको छ । ३५ दिनको म्याद दिएर संकलित आवेदन रुजु भइरहेको छ । १४ भूमिहीन दलित, ७० भूमिहीन सुकुम्बासी र ९ सय ७८ जना अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । अझै छुट भएको हुन सक्ने भन्दै समितिले पुन सूचना प्रकाशनको लागि आयोगलाई अनुरोध गर्ने बताए ।

बैठकमा नगर प्रमुख कुनसाङ लामाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रचलित कानून र नियम अनुसार जग्गा उपलव्ध गराउने प्रशंसनीय भएको भन्दै यसले सरकारलाई समेत फाइदा पुग्ने बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले गहिरो अध्ययन गरेर मात्रै यसबारे निर्णय लिनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष मिण्डु लामाले जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीसंग कागजपत्र नभएको भन्दै निश्चित मापदण्ड बनाएर निर्णय गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुष्कर न्यौपानेले सरकारले सही नियतले व्यवस्थापन गर्न खोजेपनि भूमाफियासहरु सकृय हुनु सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । वडा नं २ का अध्यक्ष कबिराज श्रेष्ठले निवेदन दिन धेरै छुट भएको भन्दै पुन अवसर दिनुपर्ने बताए ।

वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अव्यवस्थित बसोबासीलाई जग्गा दिन एउटा मापदण्ड बनाउनुपर्ने बताए । वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले व्यवहारिक पक्ष पनि हेरिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ५ : २९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको