२०८३, २२ आश्विन शुक्रबार

एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।

निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले गराएका थिए । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो ।

ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ४३० मत ल्याए । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत ल्याए । उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खोटाङका देवान राईले ६६१० मत ल्याएर विजयी भएका छन् ।

प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरू मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरू भने मतदानमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  २ : २२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य