२०८३, २९ असार मंगलबार

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझाव “पूर्वाधार निर्माणलाई प्राथमिकता दिनु”

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझाव “पूर्वाधार निर्माणलाई प्राथमिकता दिनु”


रसुवा । गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्रतिनिधिमाझ सुझाव राखेका छन् ।

जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्रकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण गराउन अत्यावश्यक भएको बताए ।

पूर्वाधारको विकास गराई उच्च भागमा गुणस्तरीय सुविधा दिनसके मात्र पर्यटकबाट आम्दानी लिन सकिने भएका कारण धार्मिक क्षेत्रको संरक्षण गर्न जोड दिँदै गुरुयोजना तयार गर्नसमेत सुझाव दिए । उनले यात्रुको समस्या समाधन गर्न पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई नै जोड दिएका हुन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्र रसुवागढी नाकामा निर्माण भइराखेको पूर्वाधार समयमै सम्पन्न गराउन जोड दिँदै कतिपय स्थानीय सरकारले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटमा परेको असर फुकाउन सङ्घीय सरकारले मापदण्डको छिनोफानु गर्नुपर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिए ।

जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत लौरीविनायक उकालोको पैदलमार्ग सुधारका लागि गरिएको डिजाइन न्यायोचित नभएकाले डिजाइन सुधार गर्नुपर्ने बताए । आफूले स्थलगत निरीक्षण गर्दा लौरीविनायकको धार्मिकमार्गमा सिमेन्ट ढलान गरेको पाइएको र उक्त ढलान उपयुक्त नदेखिएकाले सिमेन्टबाट भन्दा स्थानीयरूपमा पाइने ढुङ्गा कटिङ गरी सिँढी निर्माण गराउन सुझाव दिए ।

धार्मिक क्षेत्रमा हजारौं भक्तजन हिँड्ने पैदलमार्ग निर्माण गर्दा आन्तरिक एवं बाह्य सबै पक्षका लागि सर्वसुलभ हुने दिगो विकासका पूर्वाधार निर्माण गर्न गराउनसमेत सांसद् आचार्यले सरोकारवाला निकायसमक्ष अनुरोध गरे । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संरक्षित मानिएको स्थानमा निजी क्षेत्रलाई जलविद्युत् आयोजना बनाउन दिने तर जनताको जीवनसँग जोडिएको नौकुण्ड खानेपानी निर्माणका लागि तयार गरेको फाइललाई बेवास्ता गरेको भन्दै जनतालाई शुद्ध खानेपानी व्यवस्थापनका बाधक नबन्न सरोकारवाला निकायलाई आचार्यले अनुरोध गरे ।

वार्षिक समीक्षा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारसमेतका विषयगत कार्यालयले गत वर्ष सम्पन्न गरेका गतिविधिको समीक्षा कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति पेम्वाछिरिङ तामाङ र गाउँपालिका अध्यक्षको तर्फबाट आमाछोदिङ्मो गापा अध्यक्ष बुचुङ तामाङले आ–आफ्ना धारणा राखेका थिए । जिल्लाको समग्र सुरक्षा अवस्था, विकास निर्माणका सहजीकरण, विपद् व्यवस्थापन जस्ता विषयमा स्थानीय प्रशासनले गरेको कामको विवरण रसुवाका प्रजिअ प्रकाशचन्द्र अधिकारीले राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासामु प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारी कैसाङढिण्डुप तामाङ र हेमप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  १२ : ३१ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित