२०८३, ९ बैशाख बिहीबार

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ


काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । ‘पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने बताएका छन् ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।

पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो र अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएकाले सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

सीआईबीबाट एसपी होविन्द्र बोगटीले अनुसन्धानको सुपरिवेक्षण गरिरहेको ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । ‘प्राविधिक पक्ष र डकुमेन्टेसनमा सहयोग गर्ने टोली पनि पठाएका छौं’, उनले भनिन् ।

यसरी आउने सुन बौद्ध, ठमेल लगायतका क्षेत्रमा बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  १२ : ५८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले