२०८३, ११ कार्तिक बुधबार

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली


काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको उच्च धरोहरका रुपमा चित्रित गर्दै साना राष्ट्रले आफ्नो अस्तित्व र राजनीतिक स्वायत्तता जोगाउन कठिन परेको परिवेशमा गान्धीको राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनता आन्दोलनको सान्दर्भिकता अझै रहेको बताएका छन् ।

महेन्द्र निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस पारेर आयोजना गरेको कार्यक्रमा ज्ञवालीले गान्धीको राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनता आन्दोलनको सान्दर्भिकता साना राष्ट्रहरुमा अझै उत्तिकै रहेको बताएका हुन् ।

उनले भने, ‘अहिले संसारमा उपनिवेश छैन तर पनि साना देशहरुमाथि अहिले पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न खोज्दा, विकासको आफ्नै मोडेल लिन खोज्दा अवस्था सहज छैन । शक्ति राष्ट्रका स्वार्थका अगाडि साना राष्ट्रहरुले आफ्नो अस्तित्व र खासगरी राजनीतिक स्वायत्तता जोगाउन निकै कठिन परिरहेको परिवेशमा गान्धीको त्यो राष्ट्र मुक्ति आन्दोलन, स्वाधीनता आन्दोलनको सान्दर्भिकता आज त्यस रुपमा पनि छ भन्ने म ठान्दछु ।’

उनले धर्म, जाति, भूगोल लगायतका आधारमा गरिने विभेदले विनास निम्त्याउने भन्दै नेपाली समाजमा कुनै पनि खालको अतिवादलाई टाउको उठाउन दिन नहुने धारणा राखे ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : २३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव