२०८३, ११ कार्तिक बुधबार

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट


रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा अन्तर्गत ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सोमबार रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी नेवाबीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धि द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिकाको तर्फबाट गाउपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता भएको छ । वडा न १२ मा दुइवटा, वडा न १० मा २ वटा र वडा न १ मा २ वटा गरि छ वटा खानेपानी आयोजना सम्झौता भएको छ ।

आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ बिद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछ । तीनवटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । सो ६ वटा आयोजनाका सम्पना गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरेको छ । सम्झौता कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रबक्ता वसन्तकुमार लामा लगायत नेवाका प्रतिनिधिहरू रहेका थिए ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ४ : ५९ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव