२०८३, २० आश्विन बुधबार

भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी, अब डिएसपीको कमाण्ड हुने

भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी, अब डिएसपीको कमाण्ड हुने


काठमाडौं । भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।

महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ । सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै महिला प्रहरी जवान ३ जना, दलित ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जना मागेको हो ।

असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा जनाइएको छ । थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने छ । पूर्व नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीले सम्बन्धित निकायबाट अनुभव हुनुपर्ने छ

यो सँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ । यसअघि प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा रहेको थियो ।

छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङ्जम्प, सेटअप, पुसअप र चीन अप गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : ३५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको