२०८३, १० भाद्र बिहीबार

आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने

आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने


काठमाडौँ । सुन तस्करी छानविनका लागि गठन गर्ने आयोगको कार्यदेशमा सहमति जुटेसँगै नेकपा एमालेले सदन अवरोध नगर्ने भएको छ ।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलमा आयोगको कार्यदेशबारे सहमति जुटेको थियो ।

उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र उक्त आयोगले तीन महिनामा तस्करी नियन्त्रणमा आवश्यक सुझाव दिन नेताहरुबीच सहमति जुटेको थियो । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक अघि सरकारले आयोग गठनको घोषणा गर्ने भएपछि एमालेले सदन अवरोध गर्न जरुरी नभएको जनाएको छ ।

‘बैठकअघि आयोग घोषणा हुन्छ, सहमतिअनुसार आयोग घोषणा भएपछि सदन अवरोध गर्न जरुरी हुँदैन’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : १० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री