२०८३, २२ आश्विन शुक्रबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो ।

बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।

मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।’

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : ०५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य