२०८३, १४ कार्तिक शनिबार

एमालेको कोशी अधिवेशन : आज उम्मेदवारी दर्ता,भोलि मतदान

एमालेको कोशी अधिवेशन : आज उम्मेदवारी दर्ता,भोलि मतदान


काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि आकांक्षीहरुले मनोनयन दर्र्ता गरिरहेको अधिवेशन स्थलमा रहेका नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले बताए ।

नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो । एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।

हेर्नुहोस् कार्यतालिका

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ५ : ०९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा