२०८३, २२ आश्विन शुक्रबार

प्रधानमन्त्री प्रचण्ड आज तिब्बतबाट फर्किदै

प्रधानमन्त्री प्रचण्ड आज तिब्बतबाट फर्किदै


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै छन् । आठ दिनको चीन भ्रमण सकेर उनी चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्वदेश फर्कन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनी गएको असोज ५ गते अमेरिकाबाट सिधै छिमेकी देश चीनको औपचारिक भ्रमणका लागि गएका थिए । चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका समकक्षी ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ७ : ३३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य