२०८३, २२ जेष्ठ शनिबार

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौ । सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ । आज शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए । सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईकाअनुसार आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  ४ : ३० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति