२०८३, १ आश्विन शुक्रबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने


काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्द सत्र जारी छ । आज बिहान ११ बजे सुरु भएको बन्द सत्रमा प्रदेश अध्यक्ष बिनोेद कुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने छन् ।

प्रतिवेदनहरूमा आज दिनभर छलफल चल्ने र निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुनेछ । प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उदघाटन सत्रमा निर्देशन दिइसकेका छन् । तर एक भन्दा बढी आकांक्षी भएकाले निर्वाचन हुने पक्काजस्तै छ ।

उनीहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा रहेको नेताहरु बताउँछन् । ‘सहमति जुट्ला जस्तो छैन । कमरेडहरु आ–आफ्नो प्यानलसहित अगाडि बढिसक्नुभएको छ । निर्वाचन हुुने पक्का भएको छ’ एक केन्द्रीय सदस्यले भने, ‘भोलिदेखि मतदानको प्रक्रिया अगाडि बढ्छ । अहिलेसम्म कुनैपनि नेताले औपचारिक रुपमा अध्यक्ष लड्ने घोषण गर्नुभएको छैन ।’

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल समूहबाट गुलाबजंग शाहलाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट नेता मीनबहादुर शाहीलाई अध्यक्षको लागि अगाडि सारिएको छ । मीनबहादुरलाई प्रदेश अध्यक्ष विनोदकुमार शाहको समेत साथ रहेको एमाले स्रोत बताउँछ ।

सल्यानका शाह र कालीकोटका शाहीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेको नेताहरुको दावी छ । सामुदायिक रेडियोका अभियन्ता र योजना आयोगका सदस्य रहिसकेका शाही एमालेको प्रदेश कमिटी सदस्य हुन् भने शाह एमालेका पोलिटब्युरो सदस्य हुन् ।

गुलाबगङ्ग शाहको प्यानलबाट उपाध्यक्षमा टेकराज पछाई, सचिवमा धुव्रकुमार शाही उम्मेदवार बन्ने नेताहरु बताउँछन् । मीनबहादुर शाहीको प्यानलबाट उपाध्यक्षमा लालबहादुर महतरा र सचिवमा डण्डिप्रसाद शर्मा र रुद्र शाहीको चर्चा रहेको छ ।

अध्यक्ष ओलीले भने मीनबहादुर शाहीलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चुन्न जोड दिएको स्रोतको दाबी छ । तर स्थायी कमिटी सदस्य कँडेलले प्रदेशको निर्णय प्रदेशले नै गर्ने भन्दै गुलाबजंग शाहलाई अघि सारेपछि अध्यक्षतामा चुनाव हुने पक्काजस्तै छ ।

यसअघि एमालेको कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका कँडेललाई पछिल्लो जिम्मेवारी हेरफेरमा पार्टीले दैलेख इन्चार्ज बनाएको थियो । आफूबाट प्रदेश इन्चार्ज खोसेर सुदुरपश्चिमका लेखराज भट्टलाई इन्चार्ज बनाएको भन्दै कँडेल असन्तुष्ट छन् ।

कँडेल पार्टीमा लामो समय ओलीकै प्यानलमा रहेपनि पछिल्लो समय आफूलाई अध्यक्ष ओलीले उपेक्षा गरिरहेको बताउँदै आएका छन् । प्रदेशको मुख्यमन्त्री बनाउनेदेखि प्रदेश इन्चार्ज खोस्ने काम केन्द्रीय नेतृत्वले गरेको भन्दै कँडेलले ओलीको प्रस्ताव अस्वीकार गरेको नेताहरु बताउँछन् ।

प्रदेश अधिवेशन उद्घाटन गर्न बुधबार सुर्खेत पुगेका ओलीले प्रदेशका नेताहरु कुनैपनि छलफल गरेनन् । अधिवेशन सकिएलगत्तै उनी नेपालगञ्ज हुँदै काठमाण्डौं फर्किएका थिए ।

प्रदेश अध्यक्षका लागि पूर्वसभामुख राजबहादुर शाहीले पनि दावी गरिरहेका छन् । तर उनको प्यानल भने छैन ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ३ : ५० बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण