२०८३, १० भाद्र बिहीबार

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस भएका छैनन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको प्रयासमा आफूले आफ्नो उम्मेदवारी दर्ता नै नगरिदिन आग्रह गरेको पाण्डेले बताए ।

आफ्नो कार्यकाल छोटो भएको भन्दै पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न आग्रह गर्दै आएका थिए । तर गोकुल बास्कोटा लगायतका नेताहरुको समर्थनमा कृष्ण दाहाल र महेश बस्नेत लगायतले ढुंगेललाई साथ दिएपछि सर्वसम्मत हुन सकेन । बुधबार साँझ पाँच जनाको उम्मेदवारी पर्‍यो ।

त्यसपछि पनि सर्वसम्मतिको प्रयास गरेको भन्दै निवर्तमान अध्यक्ष पाण्डे भन्छन्, ‘वर्तमान अध्यक्षका हैसियतले सर्वसम्मति बनाउने काममा लाग्छु र त्यसको सुरुवात आफैंबाट गर्छु भनेर मेरो उम्मेदवारी दर्ता नगर्न आग्रह गरेको हुँ ।’

क्गशगपष् म्बकजबष्ल इााभच

आफूले उम्मेदवारी फिर्ता लिएपछि पनि अहिलेसम्म सहमति नजुटेको भए पनि प्रयास भइरहेको उनले बताए । नेता पाण्डेले भने, ‘अझै एकाध घन्टा प्रयास गर्छौं ।’

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ३ : ४३ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री