२०८३, ९ भाद्र बुधबार

धुलिखेल अस्पतालका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेक सबै सेवा बन्द

धुलिखेल अस्पतालका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेक सबै सेवा बन्द


काठमाडौ । काभ्रेको धुलिखेल अस्पतालका डाक्टरहरुले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेका छन् ।

लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै डाक्टरहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका हुन् ।

हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरी बिरामीको मृत्यु पछी आक्रोशित बिरामीका आफन्तले डाक्टर लाई कुटपिट गरेको विषयलाई लिएर विरोध प्रदर्शन गरेका हुन ।

यसअघि गएको भदौ २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले भदौ ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो । दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।

अहिले र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली काठमाडौँको माइतीघर मण्डलामा पनि प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ४ : २९ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा