२०८२, २२ भाद्र आईतबार

गैंडालाई मारेको २५ वर्षपछि ४ जना पक्राउ

गैंडालाई मारेको २५ वर्षपछि ४ जना पक्राउ


काठमाण्डाै । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् ।

२०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर बानियाँ र यामबहादुर बानियाँ तथा ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका हरि कार्की पक्राउ परेका हुन् ।

उनीहरुले २०५५ कात्तिकमा निकुञ्जको अमृते पोष्टदेखि करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक गैंडालाई खाल्डोमा पारेर मारेको निकुञ्जले फैसला गरेको थियो ।

निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विष्णु कार्की र गोगनबहादुर क्षेत्रीलाई शनिबार र यमबहादुर बानियाँलाई सानोपोखराबाट पक्राउ गरिएको हो । यस्तैं हरि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार पक्राउ गरिएको हो ।

चितवन निकुञ्ज कार्यालयले उनीहरु विरुद्ध २०५७ माघ २५ गते नै दोषी ठहर गरी सजाय सुनाएको थियो । पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १ : ५८ बजे

ओलीले अघि सारे ‘नेपाली विशेषताको समाजवाद’ : जबज माक्र्सवादको नेपाली रुप हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो

प्रधानमन्त्री ओलीः “म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ”

ललितपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ राई पुनः नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) मा

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले 

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ।