२०८३, २० आश्विन बुधबार

काभ्रेको खानीखोलामा श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान

काभ्रेको खानीखोलामा श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान

उत्कृष्ट स्वयम्सेविका र आमा समूह पुरस्कृत


डाँडापारी । काभ्रेको खानीखोला गाउँपालिकाले हरितालिका तीजको अवसरमा श्रीमानहरुलाई सम्मान गरेर नयाँ सन्देश दिएको छ । श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान गरेर पालिकाले समाजमा महिला जागरणका लागि नयाँ सन्देश दिएको हो ।

पालिकाले आफ्नी श्रीमतीलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने हरेक वडाबाट एक–एक जना पुरुषलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको तीज विषेश शुभकामना आदान प्रदान कार्यक्रममा पालिकाको ७ वटा वडाबाट एक÷एक जना गरी ७ जना पुरुषलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नं. १ देखि ७ सम्म क्रमशः क्षेत्रबहादुर गोले, दिलबहादुर वि.क, युवराज दोङ, बलीमान मोक्तान, रामबहादुर तामाङ, धनबहादुर थिङ र चन्द्र गोले रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्ष दोर्जेमान जिम्बाले प्रमाणपत्र र खादाले सम्मान गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले संविधानले दिइएको महिला अधिकारलाई पूर्ण रुपमा पालना गरेर श्रीमतीलाई सामाजिक अगुवाई गर्ने काममा सहयोग तथा प्रोत्साहन गर्ने पुरुषलाई सम्मान गरेको बताए । उनले चुलोचौकोमा मात्र आफ्ना छोरी÷श्रीमतीलाई सीमित नगरी सामाजिक तथा राजनीतिसँगै महिला तथा बालबालिकाको क्षेत्रमा अभियान्ताको रुपमा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । समाजमा अझै पनि पुरुष र महिलाबीच गर्ने व्यवहार समान हुन नसकेको भन्दै अध्यक्ष थिङले महिला ढिला घर आइपुगे भने स्पष्टीकरण दिनु पर्ने अवस्था अझै पनि समाजमा विद्यमान रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले संस्कृति तथा चाडपर्वको संरक्षणसँगै महिलाहरुको सम्मानको लागि गाउँपालिकाले तीज विशेष शुभकामना आदानप्रादन कार्यक्रमको आयोजना गरेको बताए । उनले यस्ता खाले कार्यक्रमले महिलालाई आगामी दिनमा अघि बढ्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे । उनले तीज सबै जातिले पर्वको रुपमा सम्मान गरेको पाइएको उल्लेख गर्दै आफ्नो सांस्कृतिक पहिचानप्रति सबै संवेदनशील देखिएको बताए ।

त्यस्तै महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख यशोदा तिमल्सिनाले महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वडाबाट एक÷एक पुरुष सदस्य (श्रीमान्)लाई सम्मान गरेको बताइन् ।
कार्यक्रममा गाउँपालिकाको निमित्त प्रशासकीय अधिृकत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णबहादुर अधिकारी, विभिन्न दल निकट महिला संगठनका प्रतिनिधि, गाउँपालिकाको शाखा प्रमुखहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
उत्कृष्ट स्वयम्सेविका र आमा समूह पुरस्कृत
कार्यक्रममा गाउँपालिकाभित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविका र सामाजिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आमा समूह पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उत्कृष्ट महिला स्वयमसेविकामा खानीखोला–५ की विनिता लामा सम्मानित भएकी छिन् भने खानीखोला–४ स्थित फुलडाँडामा रहेको प्रगतिशील आमा समूह उत्कृष्ट आमा समूह घोषित हुँदै पुरस्कृत भएको छ ।

तीज विशेष कार्यक्रममा नाचगान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै सामूहिक रुपमा दर खुवाइएको थियो । गाउँपालिकाको सभा हलमा भदौ २१ गते बसेको सर्वदलीय महिला संघ÷संस्थाहरुको बैठकले साझा रुपमा तीज कार्यक्रम मनाउने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  २ : २५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको