२०८३, १९ आश्विन मंगलबार

बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने

बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने


काठमाण्डौ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ ।

यसअघि असोज १ गतेदेखि फोहोर बोकेका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने बताएको समितिले मागप्रति गम्भीर रहेको भन्दै सरकारबाट पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोध कार्यक्रम मात्रै गर्ने निर्णय गरेको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थानीयवासीको मागप्रति सरकार गम्भीर रहेको भन्दै पत्र पठाएका कारण आन्दोलनको स्वरूप परिवर्तन गरेको समितिका संयोजक ढुङ्गानाले बताउनुभयो । असोज २० गतेसम्म पनि माग पूरा नभएमा भने कुनै पनि आश्वासनलाई नमानी परिणाम नआएसम्म आन्दोलन गर्ने उहाँले बताउनुभयो ।

समितिले सरकारसँग मानवबस्तीरहित ल्यान्डफिल्ड साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने र फोहोर विकास प्राधिकरण गठन गर्नुपर्ने गरी चार बुँदे माग रहेको छ । यस्तै समितिले गएको जेठ २३ गते काठमाण्डौ महानगरसँग गरेका सहमतिहरू तीन महिनाभित्रमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ३ : १० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय