२०८२, २७ फाल्गुन बिहीबार

सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको मृत्यु

सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको मृत्यु


काठमाडौं । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।

आज बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको स्थानीय अमृता मण्डलले बताइन् ।

स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।

ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र त्यसमा खसेर बच्चाको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।

आज बिहान दुई वर्षीय बालक रोहनको खाल्डोमा खसेर मृत्यु भएपछि स्थानीयवासी आक्रोशित छन् ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  १२ : ०४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा