२०८३, १० भाद्र बिहीबार

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने


रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु गर्ने भएको छ । मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केहि दिनमै मानसिर रोगको उपचार शुरु गर्ने भएको हो ।

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिका भित्रको स्वास्थ्य संस्थाहरू मध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ति स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार शुरु गर्न लागेको हो । रोशी गाउँपालिका वडा नं ५ स्थित सिसाखानी स्वास्थ्य संस्था, वडा नं ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य संस्था, वडा नं। ८ स्थित खार्पाचोक स्वास्थ्य संस्था, वडा नं १० स्थित वाल्टीङ स्वास्थ्य संस्था र वडा नं ११ स्थित भिमखोरी स्वास्थ्य संस्थामा केहि समयमै मानसिक रोगको उपचार शुरु गर्ने श्रेष्ठले बताए ।

औषधीको टेण्डर भैसकेको र सो औषधी आउनेवित्तिकै ती ५ स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार शुरु गर्ने उनको भनाई छ । पालिकाको अन्य स्वास्थ्य संस्थाहरूमा पनि क्रमशः स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मानसिक रोगको उपचारमा बृद्धि गर्दै जाने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  १२ : ४१ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा