२०८३, ७ कार्तिक शनिबार

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने


रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु गर्ने भएको छ । मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केहि दिनमै मानसिर रोगको उपचार शुरु गर्ने भएको हो ।

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिका भित्रको स्वास्थ्य संस्थाहरू मध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ति स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार शुरु गर्न लागेको हो । रोशी गाउँपालिका वडा नं ५ स्थित सिसाखानी स्वास्थ्य संस्था, वडा नं ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य संस्था, वडा नं। ८ स्थित खार्पाचोक स्वास्थ्य संस्था, वडा नं १० स्थित वाल्टीङ स्वास्थ्य संस्था र वडा नं ११ स्थित भिमखोरी स्वास्थ्य संस्थामा केहि समयमै मानसिक रोगको उपचार शुरु गर्ने श्रेष्ठले बताए ।

औषधीको टेण्डर भैसकेको र सो औषधी आउनेवित्तिकै ती ५ स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार शुरु गर्ने उनको भनाई छ । पालिकाको अन्य स्वास्थ्य संस्थाहरूमा पनि क्रमशः स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मानसिक रोगको उपचारमा बृद्धि गर्दै जाने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  १२ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना