२०८३, ११ बैशाख शनिबार

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सात जनाको मृत्यु, २९ जना घाइते

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सात जनाको मृत्यु, २९ जना घाइते


काठमाण्डाै । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका(९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका ८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ८ : १३ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले