२०८३, १३ जेष्ठ बिहीबार

काभ्रेको मेथिनकोट अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा शुरु

काभ्रेको मेथिनकोट अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा शुरु


काठमाण्डौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा शुरु गरिएको छ । अस्पतालमा पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवाको शुरु गरिएको हो ।अब  बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक अस्पतालको सेवाबाट लाभान्वित हुने विश्वास लिइएको छ । 

काठमाण्डौका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सेवा शुरु गरेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताउनुभयो । उहाँका अनुसार अब काठमाण्डौका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताउनुभयो । ुयसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छु, उहाँले भन्नुभयो । तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका मेयर कुन्साङ लामाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी भएका लामाको भनाइ छ ।

अस्पताललाई बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा अहिले सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ । अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार  ५ : ५८ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर