२०८३, २९ भाद्र मंगलबार

सरकारले ७७ जिल्लामै कृषि यान्त्रिकरण परियोजना संचालन गर्ने : कृषि मन्त्री भुसाल

सरकारले ७७ जिल्लामै कृषि यान्त्रिकरण परियोजना संचालन गर्ने : कृषि मन्त्री भुसाल


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरणकोे नीति ७७ जिल्लामा लागू गरिएको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद प्रेम सुवालको कृषिको यान्त्रिकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण गर्ने सरकारको नीति छ, यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ७७ जिल्लामा लागू गरिएको छ ।

परियोजनाबाट ट्याक्टर, पाउ टिरल, मिनि टिलर, धान रोप्ने मेशिन, खाल्टो खन्ने मेशिन, थ्रेचर, ड्रायर, ग्रेडरलगायतका यन्त्रहरु खरिद गरेर कष्टम हायरिङ् सेन्टरमा राखेर किसानहरुलाई प्रयोग गर्न दिइने छ त्यस्तो सेन्टर जम्मा ५ सय ८० वटा रहेका छन् ।’
यस्तै उनले परियोजनाको क्षेत्रमा नपरेको किसानहरुको लागि कृषिको लागि यन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए । उनले भने, ‘उक्त परियोजनाको क्षेत्रमा नपरेको किसानहरुले कृषि औजारलाई यन्त्र खरिद गर्न चाहेमा ५० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ ।

यसबाट उत्पादन लागत घटेसँगै उत्पादन वृद्धिमा मद्दत पुगेको छ । फाम, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिक पनि उपलब्ध गराईन्छ ।’

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ४ : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक