२०८३, २२ आश्विन शुक्रबार

एमाले कर्णाली प्रदेश अधिवेशन भदौ ३० गते प्रतिनिधि छान्ने तयारी

एमाले कर्णाली प्रदेश अधिवेशन भदौ ३० गते प्रतिनिधि छान्ने तयारी


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गरिने भएको छ। प्रदेश पार्टी कार्यालयमा बुधबार बसेको कार्यालय बैठकले भदौ ३० गते प्रतिनिधि छनौट गर्ने निर्णय गरेको हो।

एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरमा हुँदैछ। एमाले कर्णाली प्रदेशका अनुसार प्रदेशका १० वटा जिल्लाका ७९ वटै पालिकामा एकै दिन प्रतिनिधि चयन गरिने भएको हो।

खुलामा १०० जना पार्टी सदस्य बराबर १ जना, दलितमा ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधि मध्ये एकतिहाई महिला अनिवार्य हुनुपर्ने बैठकले मापदण्ड तोकेको छ।

यस्तै, प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहने तर, समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ। त्यसैगरी बाँकी रहेको ५० प्रतिशत अंक बराबर एकजना प्रतिनिधि थप हुने व्यवस्था गरिएको छ। कर्णालीका १० वटै जिल्लामा पार्टी संगठित सदस्यहरुको नवीकरण सकिएको छ। एमाले कर्णाली प्रदेशका अनुसार १० जिल्लाबाट गरी करीब ५ देखि ६ सयसम्मको हाराहारीमा प्रतिनिधि छनौट हुने छन्। कर्णालीमा एमालेका ५१ हजार बढी पार्टीका संगठित सदस्य छन्।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : २३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य