२०८३, १३ बैशाख सोमबार

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी, यी हुन निर्वाचित अन्य पदाधिकारी

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी, यी हुन निर्वाचित अन्य पदाधिकारी


बुटवल  । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको छ । मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको हो ।

मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । विजयी कँडेलले ४७९ मत प्राप्त गर्नुभएको छ भने रिजालले ४७७ मत प्राप्त गर्नुभएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यस्तैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याउनु भयो । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित हुँदा उहाँसँग प्रतिस्पर्धा गरेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याउनुभयो ।

महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याउनुभएको छ । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गर्नुभयो । मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

विजयी उम्मेदवारहरुलाई आज बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिनुभयो । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ८ : २४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले