२०८३, २९ श्रावण शनिबार

नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा सुरक्षित अवतरण

नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा सुरक्षित अवतरण


काठमाडौं । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासाले स्पेसएक्स ड्रागन अन्तरिक्ष यानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ ।

नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स ९यूएई० का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेदयाएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल फ्लोरिडाको तटमा सोमबार राति १२ः१७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण गरेको हो ।

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० बाट ग्रीनविच समय अनुसार आइतबार ११ः०५ मा छुटेको थियो । मार्च २ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो ।

चालक दलका सदस्यहरू छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए । नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पु¥याउन सयौं प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पु¥याएका थिए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ७ : ४२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका