२०८३, २२ आश्विन शुक्रबार

एमाले महासचिव पोखरेलको दावी : नेपाल केपी ओलीको नेतृत्वमा समृद्ध र सुखी बन्छ

एमाले महासचिव पोखरेलको दावी : नेपाल केपी ओलीको नेतृत्वमा समृद्ध र सुखी बन्छ


काठमाडौँ । चीन भ्रमणमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल भ्रमण गरेको छ ।

पोखरेलसहितको टोली सोमबार बिहान चीनको मुख्य शहर छोङछिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान र अन्तरक्रिया कार्यक्रममा सहभागी भएको हो । अन्तरक्रियामा महासचिव पोखरेलले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा नेपाललाई समृद्ध बनाउने अभियानमा जुटिरहेको बताएका छन् ।
‘जबजको आलोकमा ‘समृद्ध नेपाल स् सुखी नेपाली’ को लक्ष्यसहित एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ’, उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्वपूर्ण छ ।’

उनले नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य तीन मोडहरु रहेका बताएका छन् । तिनमा पुष्पलाल श्रेष्ठको पहलमा पार्टी स्थापना र संगठन निर्माण, मदन भण्डारी र उनले प्रतिपादित गरेको जनताको बहुदलीय जनवादसहितको विचार र पछिल्लो चरणका रुपमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्धि अभियान चलाइरहेको बताए ।

उनले अब अध्यक्ष ओलीको नेतृत्वमा ’समृद्ध नेपाल स् सुखी नेपाली’को लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने पनि बताएका थिए । कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासबारे प्रोफेसर सुन लिङ उले र दा सिउ लाईओईले नयाँ चर्चा गरेका थिए । उनले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद स् सी विचारधारा विषयमा प्रस्तुति राखे ।

चीनमा रहेको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी साह, राम राना, टुका हमाल, सहदेव देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता र मानवीर राई, राजेश राई छन् ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  १० : १७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य