२०८३, १५ असार मंगलबार

उदयपुरमा माधव नेपाल नेतृत्वको पार्टीमा गयो पहिरो

उदयपुरमा माधव नेपाल नेतृत्वको पार्टीमा गयो पहिरो


उदयपुर । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी उदयपुरमा पहिरो गएको छ । एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै अध्यक्षसहित त्रियुगा नगर कमिटी एमालेमा विलय भएपछि पार्टीमा पहिरो गएको हो ।

केहि दिन अघि बद्री गेलाल फर्किए लगत्तै शुक्रबार नगर कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जनार्दन रेग्मी नेतृत्वको टिम पुरानो घर एमालेमा फर्किएको हो । त्यसैगरी नगर कमिटीका सचिवालय सदस्यहरु धुर्वराज कार्की, निर्मल रेग्मी, राजकुमार थापा, उदय कार्की, प्रशान्त बस्नेत, सुनिल पौड्ेल, मिना राया, अनेरास्ववियुका जिल्ला सदस्य सुनिता विक लगायतका नेताहरु एमालेमा समाहित भएका हुन् ।

उनीहरुलाई एमालेका केन्द्रिय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापा, प्रदेश कमिटी सदस्यद्धय बैकुण्ठनाथ दहाल र भागवत राउतले प्रवेश गराएका हुन् । यसरी धमाधम नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेपछि एमालेबाट चोइटिएर गएको माधव नेपाल समुहलाई नेता र कार्यकताएको संकट पैदा भएको छ । भुगोल तथा जनसंख्याको हिसावले जिल्लाकै सबैभन्दा ठुलो तथा सदरमुकाममा रहेको नगरपालिकाका अध्यक्ष नै एमालेमा फर्किएपछि समाजवादीमा नेताको खडेरी लाग्न सुरु भएको हो ।

एक बिज्ञप्ती जारी गर्दै उनीहरुले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकी दक्षिणपन्थीको सेवाका लागि विर्सजनबाद तिर लागेकोले आफुहरु पुनः मुलधारकै पार्टी एमालेमा फर्किएको बताएका छन् । पार्टीको सिद्धान्त र कार्यनीति विचमा तारतम्य नमिली कार्यकर्ता र जनमानसमा दिग्भ्रमित बनाउने र दक्षिणपन्थी र अवसरबादी पार्टीको बैशाखी टेकेर निर्वाचनमा गठबन्धन गरी सिद्धान्तलाई तिलान्जली दिएको हुँदौ बस्नु औचित्य नरहेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ८ : ५१ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण