२०८३, २० जेष्ठ बिहीबार

बढ्यो फलफूल तथा तरकारीको मूल्य

बढ्यो फलफूल तथा तरकारीको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ ।

तर, अघिल्लो दिनको तुलनामा तनेबोडी, तितोकरेला, कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ । डल्ले च्याउको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढ्दा भटमास कोशा, घिरौँला, गोलभेँडा, लोकल परवलको मूल्यमा प्रतिकेजी ५ देखि १० रुपैयाँ घटेको हो ।

समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । शनिबार प्रतिकेजी ८० रुपैयाँ  तोकिएको गोलभेँडाको बजार मूल्य ७० रुपैयाँ तोकिएको छ । आज नेपाली सानो गोलभेँडाको मूल्य प्रतिकेजी १८ रुपैयाँले घटेको छ । हिजो नेपाली सानो गोडभेँडाको न्यूनतम बजार मूल्य ५८ रुपैयाँ थियो । 

यस्तै, रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ६०,तने बोडि ८०,मकै बोडि ७०, भटमासकोशा ११०, तितो करेला ७०, लौका ६०, लोकल परवल ५०, घिराँैला ५०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०, कन्य च्याउ १६०, डल्ले च्याउ ३८०, कुरीलो ४५०, ब्रोकाउली १५०, काँक्रोलोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

शनिबारको तुलनामा फलफूलको मूल्य भने स्थिर छ । बजारमा  केरा दर्जनको १४० रुपैयाँमा छ । स्याउ फूजी ३५०, अनार ३००, आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०,नासपाती लोकल ७०, किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ९ : ४५ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल