२०८३, ८ कार्तिक आईतबार

बढ्यो फलफूल तथा तरकारीको मूल्य

बढ्यो फलफूल तथा तरकारीको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ ।

तर, अघिल्लो दिनको तुलनामा तनेबोडी, तितोकरेला, कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ । डल्ले च्याउको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढ्दा भटमास कोशा, घिरौँला, गोलभेँडा, लोकल परवलको मूल्यमा प्रतिकेजी ५ देखि १० रुपैयाँ घटेको हो ।

समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । शनिबार प्रतिकेजी ८० रुपैयाँ  तोकिएको गोलभेँडाको बजार मूल्य ७० रुपैयाँ तोकिएको छ । आज नेपाली सानो गोलभेँडाको मूल्य प्रतिकेजी १८ रुपैयाँले घटेको छ । हिजो नेपाली सानो गोडभेँडाको न्यूनतम बजार मूल्य ५८ रुपैयाँ थियो । 

यस्तै, रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ६०,तने बोडि ८०,मकै बोडि ७०, भटमासकोशा ११०, तितो करेला ७०, लौका ६०, लोकल परवल ५०, घिराँैला ५०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०, कन्य च्याउ १६०, डल्ले च्याउ ३८०, कुरीलो ४५०, ब्रोकाउली १५०, काँक्रोलोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

शनिबारको तुलनामा फलफूलको मूल्य भने स्थिर छ । बजारमा  केरा दर्जनको १४० रुपैयाँमा छ । स्याउ फूजी ३५०, अनार ३००, आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०,नासपाती लोकल ७०, किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ९ : ४५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना