२०८३, १८ भाद्र शुक्रबार

स्पेन विश्व विजेता

स्पेन विश्व विजेता



काठमाडौं । स्पेन पहिलोपल्ट महिला विश्वकप विजेता बनेको छ । आइतबार भएको फाइनलमा आफ्नो प्रभुत्व जमाउँदै स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकाल्दै विश्व विजेता बनेको हो । कप्तान ओल्गा कारमोनाले खेलको एकमात्र निर्णायक गोल २९ औं मिनेटमा गरेकी थिइन् ।

दोस्रो हाफको ७० औं मिनेटमा पेनाल्टीबाट गोल दोब्बर बनाउने मौकाबाट भने स्पेन चुकेको थियो ।
विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन । ७६ हजार दर्शकले भरिएको स्टेडियम अस्ट्रेलियामा स्पेनले सुदृढ खेल प्रदर्शनमात्र गरेन, गोलका लागि बढी मौका पनि सिर्जना गरेको थियो । विश्वकपको ऐतिहासिक सफलता स्पेनका लागि जति महत्तवपूर्ण थियो, त्यति नै टिम प्रशिक्षक जोर्गे भिल्डा र स्वयं स्पेनी फुटबल संघका लागि पनि ।


२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

प्रकाशित मिति : २०८०, ४ भाद्र सोमबार  ९ : ३६ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण