२०८३, ७ कार्तिक शनिबार

स्पेन विश्व विजेता

स्पेन विश्व विजेता



काठमाडौं । स्पेन पहिलोपल्ट महिला विश्वकप विजेता बनेको छ । आइतबार भएको फाइनलमा आफ्नो प्रभुत्व जमाउँदै स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकाल्दै विश्व विजेता बनेको हो । कप्तान ओल्गा कारमोनाले खेलको एकमात्र निर्णायक गोल २९ औं मिनेटमा गरेकी थिइन् ।

दोस्रो हाफको ७० औं मिनेटमा पेनाल्टीबाट गोल दोब्बर बनाउने मौकाबाट भने स्पेन चुकेको थियो ।
विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन । ७६ हजार दर्शकले भरिएको स्टेडियम अस्ट्रेलियामा स्पेनले सुदृढ खेल प्रदर्शनमात्र गरेन, गोलका लागि बढी मौका पनि सिर्जना गरेको थियो । विश्वकपको ऐतिहासिक सफलता स्पेनका लागि जति महत्तवपूर्ण थियो, त्यति नै टिम प्रशिक्षक जोर्गे भिल्डा र स्वयं स्पेनी फुटबल संघका लागि पनि ।


२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

प्रकाशित मिति : २०८०, ४ भाद्र सोमबार  ९ : ३६ बजे

शैं टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने

आजको मौसम : चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०