२०८३, ६ कार्तिक शुक्रबार

प्रधानसेनापतिको निर्णय विरुद्ध उपरथी कार्कीको ‘विद्रोह’

प्रधानसेनापतिको निर्णय विरुद्ध उपरथी कार्कीको ‘विद्रोह’

प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी


काठमाडौं ६ माघ :   नेपाली सेनाका उपरथी अनन्त कार्कीले आफूमाथि अन्याय भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समक्ष मंगलबार उजुरी नै दिएका हुन् ।

‘चेन अफ कमाण्ड’मा रहने सैनिक अधिकारीले संगठन प्रमुखको निर्णयविरूद्ध दिएको यो उजुरीले सेनाभित्र हलचल पैदा गरेको छ ।

नेपाली सेनाका तीन जना उपरथीमध्ये दुई जनाको पदावधि थप्दा आफूभन्दा कनिष्ठ उपरथीहरूको पदावधि थप्न सिफारिस गरिएपछि उपरथी कार्की प्रधानसेनापतिको निर्णय विरुद्ध उभिएका हुन् ।

नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो नम्बरमा कार्की छन् । दोस्रो र तेस्रोमा क्रमशः सीताराम खड्का र तारा पाण्डे छन् । प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेपछि समस्या सुरु भएको हो ।

प्रधान सेनापति शर्माले पठाएको सिफारिस अहिले मन्त्रिपरिषदमा विचाराधीन छ। गत पुस ३० गतेको मन्त्रिपरिषदमा त्यसबारे छलफल भएको थियो।

उपरथी कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि उजुरीको बोधार्थ दिएका छन् ।

उपरथी कार्कीले ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानवअधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ भनेर उजुरीमा उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगनाथ देवलमा कार्यरत उपरथी कार्कीको पदावधि थप नभए उनी २५ माघमा अनिवार्य अवकाशमा जानेछन् । प्रधान सेनापतिपछि चौथो वरीयतामा रहेका उनी पदावधि थप भएको अवस्थामा आठ महिनापछि रथीमा बढुवा हुनेछन् ।

प्रकाशित मिति : २०७८, ६ माघ बिहीबार  ९ : ४८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट