२०८३, ११ भाद्र शुक्रबार

गैरआबसिय नेपालीको अधिकारका लागि केन्द्रिय सह–कोषाध्यक्ष महिलातर्फ मेरो उम्मेदवारी : यमुना भट्टराइ

गैरआबसिय नेपालीको अधिकारका लागि केन्द्रिय सह–कोषाध्यक्ष महिलातर्फ मेरो उम्मेदवारी : यमुना भट्टराइ

तीस लाख भन्दा बडी नेपालीलाई जन्मभुमिसँग जोड्नु मेरो दायित्व हो


धुलिखेल २२ असोज  :   गैर आवासीय नेपाली संघ एनआरएन को केन्द्रिय सह–कोषाध्यक्षमा अमेरीका निवासी यमुना भट्टराइले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएन को १० औँ महादिधवेशनमा केन्द्रिय सह–कोषाध्यक्ष महिलातर्फमा यमुनाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।
अमेरीकाको टेक्सासमा बसोबास तथा बिभिन्न राज्यमा आफ्नो व्यापार, व्यावसाय गर्दै आउनु भएकी यमुनालाई अध्यक्षका उम्मेदवार डाक्टर बद्री केसीले समेत समर्थन गर्नु भएको छ । गैर आवासीय नेपालीहरुमा परिचित रहनुभएकी भट्टराई नेपालीहरुको संघ सस्था बलियो भए उनीहरूको आवाज बलियो हुने र संस्था पनि राम्रो हुने हुदा दोहोरो नागरिता समस्या हल गर्न मदत पुग्ग्नुको साथै नेपाल सरकारलाई दबाब सिर्जना गर्न सहज पनि हुने भन्दै एनआरएनको हितको लागि आफुलाई मतदान गरी बिजय गराउन सबै प्रतिनिधि समक्ष अनुरोध गर्नु भएको छ ।
उदयमान महिला नेत्री यमुना अमेरीकाको बिभिन्न सामाजिक संघसंस्थामा लामोसमय आवद्ध रहदै विगत दुई बर्ष देखी एनआरएन को सदस्यको जिम्मेवारी निर्वाह गरीरहनु भएको छ ।

उहाँले विश्वभरी छरीएर रहेका नेपालीलाई गैरआवासीय नेपाली संघ मार्फत एकताको सुत्रमा ल्याउन आफ्नो नेटवर्क विस्तार गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । उहाँ नेपाल र नेपाली समाजमा सहयोगी व्यक्तित्वको रूपमा मात्र नभइ सिंगो नेपाल राष्ट्रको गौरबको रुपमा नेपाली र अमेरिकी समाजका बिचमा समेत स्थापित भैसक्नु भएको छ ।

अमेरिका मात्र नभएर खाडी मुलुक लगायत बिस्वभरि छरिएर बिदेसिन बाध्य तिस लाख भन्दा बडी नेपाली श्रमिक, विद्याथीलाई जन्मभुमि नेपालसँग जोड्नु र उनीहरुको अधिकारलाई स्थापित गर्नु गैरआवासीय नेपाली संघको प्रमुख कर्तब्यका रहेकोले त्यसलाई सहज ढंगले काम गर्नु आफुलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।

एनआरएन लाई राजनीति भन्दा टाडा राख्नु पर्ने धाराण उहाँको छ । गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषद आइसिसीको सदस्यमा समेत कार्यरत रहनुभएकी भट्टराईले नेपाल बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु परेको समस्या र त्यसको समाधानका लागि आफ्नो आवाज रास्ट्रीय एबम अन्तरास्ट्रीय क्षेत्रमा समेत उठाउदै आइरहनु भएको छ । आफ्नो जन्मभूमि छाडेर परदेश पुगेका महिलाले पनि अवसर, चुनौती र परिस्थितिको सदुपयोग गर्दै प्रगति गर्न सक्छन र आफ्नो बेग्लै पहिचान पनि बनाउन सक्छन् भन्ने कुरालाई सावित गर्नु भएकी भट्टराई बिगत पच्चीस वर्ष देखी निरन्तर रुपमा सामाजिक कार्यमा कार्यरत हुनुहुन्छ ।

सामाजिककार्य प्रतिको आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई बोध गरेर आफु निरन्तर सस्थाको हितमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आफुलाई भोट दिएर बिजयी गराउन सबै प्रतिनिधिहरुमा अपिल गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८, २२ आश्विन शुक्रबार  ४ : ५४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री