२०८३, १४ कार्तिक शनिबार

८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४ -४ मन्त्रालय

८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४ -४ मन्त्रालय

गठबन्धनमा मन्त्री छान्न सकस


काठमाडौं, २० असोज  :  शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबण्डामा समझदारीमा जुटाएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले पूर्व समझदारी भए भन्दा एक एकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् । गठबन्धन दलका शीर्ष नेताको मंगलबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादीले ६, एकिकृत समाजवादी र जसपाले ४÷४ मन्त्रालय लिने समझदारी बनेको हो । त्यसपछि पनि बाँकी रहेका एक मन्त्रालय कांग्रेसले नै राखेको छ ।

जसपा नेता राजेन्द्र श्रेष्ठले मंगलबार बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नु अघिसम्म कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी, एकिकृत समाजवादी र जसपाले ५(५ मन्त्रालय लिने समझदारी भएको बताएका थिए । उनले संसदको अंकगणितका आधारमा नभई समानताका आधारमा भागबन्डा गर्ने तय भएको जानकारी दिएका थिए ।

शीर्ष नेताको बैठकले संसद्को गणितका आधारमा २१ वटा मन्त्रालय भागबण्डाको समझदारी बनाएको जसपाकै अर्का नेता महेन्द्र राय यादवले जानकारी दिए । ‘अहिले कांग्रेसको भागमा ६ मन्त्रालय परेको छ । बाँकी रहेको मन्त्रालय अहिले कांग्रेसकै भागमा रहनेछ’ यादवले भने ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाउन एक मन्त्रालय आफ्नै साथमा राखेको नेताहरुको अनुमान छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ८ : १९ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक