२०८३, १ आश्विन शुक्रबार

राजेन्द्र पाण्डे बने वागमतीमा नेकपा (एस)का संसदीय दलको नेता

राजेन्द्र पाण्डे बने वागमतीमा नेकपा (एस)का संसदीय दलको नेता


हेटौंडा, २७ भदौं  :  नेकपा ९एकीकृत समाजवादी० ले वागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको छ । आज ९आइतबार० बसेको पार्टीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेता चयन गरेको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

निर्वाचन आयोगले वागमती प्रदेशमा दलको मान्यता दिएपछि दलको नेता चयन गरिएको हो । वागमतीमा एकीकृत समाजवादीका १३ सांसदले मान्यता पाएका छन् । त्यस्तै अरू दलको बैठक भोलि बसेपछि प्रदेशमा नयाँ सरकार गठनका विषयमा निर्णय हुने उनले बताए ।

मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय

नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।

बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ११ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी