२०८३, १ आश्विन शुक्रबार

एमालेमा अध्यक्ष शाक्तिशाली  :  विधान महाधिवेशनका लागि एमालेले बनायो चार वटा समिति

एमालेमा अध्यक्ष शाक्तिशाली  :  विधान महाधिवेशनका लागि एमालेले बनायो चार वटा समिति


काठमाडौं, २५ साउन  : नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनका लागि चार वटा समिति निर्माण गरेको छ ।

महाधिवेशनमा प्रतिवेदन पेस गर्न आज बसेको केन्द्रीय कमिटी बैठकबाट राजनीतिक प्रतिवेदन मस्यौदा समिति, संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विधान संशोधन मस्यौदा समिति र व्यवस्थापन समिति गरी चार वटा समिति गठन गरिएको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् ।

गठित राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक पार्टी अध्यक्ष स्वयम् केपी शर्मा ओली छन् । उक्त समितिको सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे छन् ।

त्यस्तै संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजक ईश्वर पोखरेल छन् । उक्त समितिको सदस्यहरूमा विष्णु पौडेल,
टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल छन् ।

त्यस्तै विष्णु पौडेलको संयोजकत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिको सदस्यहरूमा सुवास चन्द्र नेम्वाङ, थ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् ।

त्यस्तै रामबहादुर थापा ‘बादल’ संयोजक रहेको व्यवस्थापन समितिमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा सदस्य छन् ।

यी समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिने छ ।

प्रकाशित मिति : २०७८, २५ श्रावण सोमबार  १० : १६ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी