२०८३, १० भाद्र बिहीबार

एस्ट्राजेनेका खोप ८ लाख डोज शनिबार काठमाडौमा आइपुग्ने

एस्ट्राजेनेका खोप ८ लाख डोज शनिबार काठमाडौमा आइपुग्ने


काठमाडौं, २१ साउन :  जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सी शनिबार र आइतवार काठमाडौ ल्याइने भएको छ ।

भोलि र पर्सी जापानबाट ती खोप ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनमा ८ लाख डोज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधामार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे । भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ । कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : २०७८, २१ श्रावण बिहीबार  ९ : ३६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा