२०८३, १५ असार मंगलबार

डाक्टर केसीको गुनासो : पाँच पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन

डाक्टर केसीको गुनासो : पाँच पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन


काठमाडौँ, १४ साउन :  चिकित्सा शिक्षाको क्षेत्रमा आमूल परिवर्तनका लागि भन्दै विभिन्न माग राखेर कयौं पटक अनशन बसेर चर्चा कमाएका डा। गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको अझै बुद्धि नपलाएको टिप्पणी गरेका छन् ।

देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर, देउवाको सुरुकै कामले आफू निराश भएको बताउँदै उनले सो टिप्पणी गरेका हुन् । एक कार्यक्रममा बोल्दै उनले देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि ‘बुद्धि नपलाएको’ भन्दै व्यङ्ग्यसम्म गरेका छन् ।

‘देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन कि जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्‘ बुद्धि भएको पलाउनु,’ डा। केसीले व्यङ्ग्य गर्दै भने । देउवा नेतृत्वको सवर्तमान रकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि डा। केसीले आक्रोश व्यक्त गर्दै आएका छन् ।

त्यसो त डा। केसीले केही दिनअगाडि श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए । उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको पत्रमा उल्लेख गरेका
छन् ।

डा। केसीका अलावा अन्य व्यक्तिहरूबाट पनि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकामा असन्तुष्टि र आलोचनाहरू आइरहेका छन् । उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

प्रकाशित मिति : २०७८, १४ श्रावण बिहीबार  ८ : ०७ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण