२०८३, २२ आश्विन शुक्रबार

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ पनि बस्दै

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ पनि बस्दै


काठमाडौं, ५ साउन  हिजोदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने सक्ने कारबाहीको कदमलगायत विषयमा छलफल भइरहेको छ । सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले एमाले विवाद समाधान कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । हिजोको केन्द्रीय कमिटी बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी बैठक पनि बसेको थियो ।

प्रकाशित मिति : २०७८, ५ श्रावण मंगलबार  १० : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य