२०८३, २२ आश्विन शुक्रबार

दोधारमा नेता नेपाल : नयाँ पार्टी बनाउने कि एमालेमै अन्तरसंघर्ष गर्ने  

दोधारमा नेता नेपाल : नयाँ पार्टी बनाउने कि एमालेमै अन्तरसंघर्ष गर्ने  

"एकता गर्ने भनेको आत्मसर्पण गर्ने होइन, पार्टीभित्र रहेर कब्जा गर्ने हो"


काठमाडौं, २२ जेठ :   एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन्। नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ। एउटा निश्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएपछि के गर्ने भनेर नेपाल दबाबमा परेका हुन्।

नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा नेपाल दोधारमा परेका हुन्। घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेता पार्टी एकता जोगाउनुपर्ने पक्षमा छन्। उनीहरू ओली पक्षसँग निरन्तर संवादमा छन्।

कर्णालीमा फ्लोर क्रस गरेर कारबाहीमा परेका प्रकाश ज्वालासहित जगन्नाथ खतिवडा, डा. विजय पौडेल, राजेन्द्रकुमार राई वार्ता रोकेर नयाँ बाटो तय गर्न ढिलाइ गर्न नहुने पक्षमा देखिएका छन्। उनीहरूले वार्ताको औचित्य समाप्त भएको भन्दै भुलभुलैयामा लागेर अल्झन नहुने लिखित ध्यानाकर्षण नै गराएका छन्।

तर, समूहमै ध्रुवीकरण देखिएपछि नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बिनानिष्कर्ष सकिएको छ। नेपालसहित झलनाथ खनाल, भीम रावललगायत ११ नेतालाई गरिएको कारबाही फुकुवा नभएसम्म औपचारिक वार्ता भने नगर्नेमा सबै सहमत भएको एक केन्द्रीय सदस्यले बताए। ती नेताका अनुसार पार्टी एकताको पक्षमा हुने अनौपचारिक संवाद भने रोकिनेछैन।

नेपाल पक्षका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले अन्तिम हदसम्म वार्ताको प्रत्यन्न गर्नुपर्नेमा अधिकांशको सुझाव आएको बताए। केहीले वार्ता–वार्ता भनेर अझिल्नु नहुने धारणा राखेको पाण्डेको भनाइ छ। ‘अधिकांशले एकता र वार्ताकै पक्षमा राय दिनुभएको थियो’, पाण्डेले भने, ‘दुई–चार जनाले विकल्पमा जानुपर्ने सुझाव पनि दिनुभयो। यस्तो संख्या न्यून थियो।’

अधिकांश नेताले वार्ताकै पक्ष राय राखेपछि नेपालले आफू वार्ताविरोधी नभएको जवाफ दिएका थिए। ‘म वार्ताको विरोधी होइन। पार्टी एकताका लागि प्रयत्न गरेकै हो’, नेपालको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘म होइन, ओलीजी एकताको पक्षमा हुनुहुन्न। मैले प्रयास गर्दा पनि उहाँले नै ध्यान दिनुभएन। सम्पर्क, सम्बन्ध र कम्प्रोमाइजमा आउनुभएन।’

बैठकमा सहभागीले २०७५ जेठ २ मा फर्किनुका साथै फागुन २८ पछिका निर्णय बदर गरी नवौं महाधिवेशनको संरचना यथावत रहनुपर्र्ने गरी एकता हुनुपर्ने बताएका थिए। पार्टी विभाजनले लोकतन्त्र, संविधानसमेत धरापमा पर्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने उनीहरूको राय थियो। ओली पक्षसँग छलफल चलाइरहेका गोकर्ण विष्ट र योगेश भट्टराईले बैठकमा आ–आफ्ना धारणा राखेका थिए। उनीहरूले आफूहरू नेता नेपाललाई जानकारी गराएरै संवाद गरिरहेको बताएका थिए।

नेता भट्टराईले एकता गर्ने भनेको आत्मसमर्पण नभएको बताएका थिए। उनले पार्टीभित्र एकता, संघर्ष र रूपान्तरणको नीतिलाई नै प्राथमिकता दिनुपर्ने विचार राखेका थए। ‘अहिलेको नीति भनेको एकता, संघर्ष र रूपान्तरण नै हो। ओलीले टेक्ने ठाउँ दिँदासम्म एमालेमै रहनुपर्छ। एकता गर्ने भनेको आत्मसर्पण गर्ने होइन। पार्टीभित्र रहेर कब्जा गर्ने हो’, बैठकमा भट्टराईले भने।

नेता विष्टले एमालेलाई विभाजन गर्न धेरै शक्ति लागेको हुँदा त्यसतिर गम्भीर हुनुपर्ने बताए। ‘एमालेलाई विभाजन गर्न धेरै शक्ति लागेका छन्। त्यस विषयमा तपाईंहरू पनि जानकार नै हुनुहुन्छ। पहिलो प्राथमिकता भनेको एकता नै हो’, विष्टको भनाइ उद्दृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले गरेको प्रयासबाट पार नलाग्ने देखियो भने सबै बसेर नयाँ निष्कर्षमा जाउँला।’

चार नेताले एमालेको आन्तरिक विवाद मिलाउन बनेको कार्यदलको औचित्य समाप्त भइसकेकाले वार्ता बन्द गर्नुपर्ने लिखित सुझाव दिएका छन्। नेपाल र झलनाथ खनाललाई १० बुँद्धे लिखित ध्यानाकर्षण गराउँदै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको बताएका छन्। उनीहरूले भनेका छन्, ‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ। यसलाई तत्काल बन्द गरौं।’ अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन् ।

 

प्रकाशित मिति : २०७८, २२ जेष्ठ शनिबार  ७ : ५२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य