२०८१, २ कार्तिक शुक्रबार

लोडर पल्टिँदा चालकको मृत्यु

लोडर पल्टिँदा चालकको मृत्यु


मकवानपुर ३० बैसाख : मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा एक जनाको ज्यान गएको छ ।
भीमफेदी गाउँपालिका–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

हेटौंडा सिमेन्टको खानीतर्फ जाने बाटो सम्याउँदै हेटौंडातर्फ आउँदै गरेको उक्त लोडर अनियन्त्रित भइ पल्टिएको थियो । लोडर सडकबाट करिब एक सय मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएका र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ३० बैशाख बिहीबार  १० : २७ बजे

कुलेखानी–फाखेल र दक्षिणकाली-सिस्नेरी सडक ३ दिन बन्द हुने

मकवानपुर । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

दुबईमा मधेशी समूदायले सामूहिक रुपमा मनाए दशैं

काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ

सिन्धुलीः विपी राजमार्गमा दशैंको टिकाको अघिल्लो दिन खोलिएको ट्र्याकलाई भोलीबाट

विगतको बडादशैंहरु भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी