२०८३, १२ आश्विन मंगलबार

भारतबाट नेपाल आउने यात्रु होटेल क्वारेन्टिनमा, दैनिक शुल्क तीन हजार

भारतबाट नेपाल आउने यात्रु होटेल क्वारेन्टिनमा, दैनिक शुल्क तीन हजार


काठमाडौं, २२ बैसाख  : कोरोना भाईरस संक्रमणका कारण भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु होटल क्वारिन्टन बस्न राख्ने भएको छ । क्वारिन्टनका लागि आठ होटल सूचीकृत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु यी आठ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ ।

मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए–वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ । यी होटेलमा देखि ९१ कोठासम्म उपलब्ध छन् ।

मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ । बिहीबार रातिबाट हवाई उडान बन्द हुनेछन् । तर, साताको दुई उडान भने भारतबाट निरन्तर रहने छन् । भारतबाट आएका यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्ने नियम सरकारले बनाएको छ ।

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ३ : १३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय