२०८२, २८ असार शनिबार

प्रेमीसँग विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, बुवालाई जन्मकैद

प्रेमीसँग विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, बुवालाई जन्मकैद


सप्तरी, १५ बैसाख :  छोरीको हत्या आरोपमा सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार घटना लगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते पक्राउ गरेको थियो। मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।

आमाबुबा नै आरोपित रहेको देखिएपछि घटनास्थलको अनुसन्धानपश्चात् प्रहरी प्रतिवेदनका आधारमा ०७५ साल माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजूरी दर्ता गरेको थियो ।

भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुबाआमाले सरितालाई कुटपिट गरेको स्वीकारेका छन् । कुटपिट गरेको स्वीकारे पनि हत्या भने अस्वीकार गर्दै आएका छन् ।
जिल्ला अदालतको आदेशमा आरोपित तुरन्तलाल ०७५ साल फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ८ : २१ बजे

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक