२०८३, १० भाद्र बिहीबार

कोरोना अति प्रभावित काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा

कोरोना अति प्रभावित काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा

देशभरका विद्यालय अनिश्चिकालका लागि बन्द


काठमाडौं, १४ बैैसाख  :  सरकारले काठमाडौं उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पु¥याएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १६ देखि २२ गतेसम्म अर्थात् एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका भए पनि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
‘हामीले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अब एक हप्तापछि अवधि थप्छौं ।’

यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ । यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  १० : ३२ बजे

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार