२०८३, ७ कार्तिक शनिबार

भारतमा एकै दिन ३ लाख १५ हजारमा कोरोना संक्रमण

भारतमा एकै दिन ३ लाख १५ हजारमा कोरोना संक्रमण

२१ सयको मृत्यु दिल्लीका सबै अस्पताल संक्रमितले भरिए


नयाँदिल्ली, १० बैसाख :  भारतमा पछिल्लो केही समययता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधिमा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ पुगेको तथ्यांक छ ।
दिल्लीका सबै अस्पताल संक्रमितले भरिए
भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् । अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको छ ।

अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ ।

भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएका पनि बीबीसीले जनाएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् । एजेन्सी

प्रकाशित मिति : २०७८, १० बैशाख शुक्रबार  ८ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना