२०८३, ५ कार्तिक बिहीबार

भारतमा २४ घण्टामै २ लाख ६१ हजार कोरोना संक्रमित, १६ सय बढीको मृत्यु

भारतमा २४ घण्टामै २ लाख ६१ हजार कोरोना संक्रमित, १६ सय बढीको मृत्यु

भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि


नयाँदिल्ली, ६ बैसाख :  भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै गएको छ । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २ लाख ३४ हजार ६९२ थियो । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६२५ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको तथ्यांक छ । भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्टसहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ ।

खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिसलाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको बीबीसीले जनाएको छ ।

महामारीको अवस्था भयावह पुगेको भए पनि रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै विपक्षी दल लगायत नागरिकहरुले सरकारको आलोचना गरेका छन् । भारतमा अहिले पनि चुनावी र्याली, महाकुम्भ जस्ता मेला, बजारलगायतका ठाउँमा स्वास्थ्य मापदण्डको खुलेआम उलङ्घन भइरहेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : ३४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा