२०८३, ७ कार्तिक शनिबार

वीरगञ्ज फेरि कोरोनाको ‘हटस्पट’ बन्दै, आजदेखि पठनपाठन बन्द

वीरगञ्ज फेरि कोरोनाको ‘हटस्पट’ बन्दै, आजदेखि पठनपाठन बन्द

कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द, आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गरिने


वीरगञ्ज, ६ बैसाख :  कोरोना महामारीको पहिलो लहरका बेला ‘हटस्पट’ बनेको वीरगञ्जको अवस्था फेरि भयावह बन्दै गएको छ ।
कोरोनाको दैनिक परीक्षणमा आधामा संक्रमण देखिन थालेपछि स्थानीय चिन्तित छन् । आइतबार ९६ जनाको परीक्षण गर्दा ६१ जनामा कोरोना देखिएको छ । वीरगञ्जमा पछिल्लो नौ दिनमा मात्रै २५१ संक्रमित थपिएका छन् । शनिबार ९० जनाको परीक्षण गरिँदा ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोनाकै कारण वीरगञ्जमा यो एक सातामै पर्सा र बाराका गरी पाँच जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सालाई कोरोनाको अति जोखिमको जिल्लामा सूचीकृत गरेको छ । ‘वीरगञ्जको अवस्था नियन्त्रण बाहिर गएको छ’, नारायणी अस्पतालका डा। नीरज सिंहले भने, ‘यो वैशाख महिनाले पोहोरको असार–साउनको याद गराइरहेको छ ।’ चैत अन्तिम सातायता देखिएको संक्रमण वृद्धि दरले कोरोना समुदायमै फैलिसकेको पुष्टि भएको उनले बताएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाले आज (सोमबार) देखि नगर क्षेत्रमा कक्षा ५ सम्मको पठनपाठन बन्द गरेको छ । कोरोना संक्रमण दर तीव्र बनेपछि वीरगञ्ज महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द गरिएको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर कक्षा १ देखि ५ सम्मको पठनपाठन आज (सोमबार०)देखि बन्द गरिने जानकारी दिएको हो । महाशाखाका शिक्षा अधिकृत हरि राउतले कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गरिएको जानकारी दिए ।
‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कक्षा १–५ सम्मको सम्पूर्ण पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्ण विद्यालयलाई अनुरोध छ,’ शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमण तीव्र बनेपछि वीरगञ्ज महानगरपालिकाले माथिल्ला कक्षाको जेठमा सञ्चालन गरिने परीक्षा पनि वैशाखमै गर्ने गरी तालिका सार्वजनिक गरेको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा आगामी जेठ ४ गतेबाट गर्ने भनिएको थियो । कोरोना संक्रममण तीव्र बनेपछि वैशाख १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ । कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा पनि वैशाख १२ गतेबाटै सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना