२०८३, २० आश्विन बुधबार

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण


दार्चुला, ३१ चैत :  नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच–पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फीरूपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरि रहेको विषयमा सञ्चार माध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

नेपाली टोलीमा प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल तथा सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । यस्तै भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिए ।

दुवै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छै न भन्ने विषयमा छलफल गरको बताइएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३१ चैत्र मंगलबार  ८ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको