२०८३, २३ आश्विन शनिबार

नेकपा एमाले मुख्यालय कार्यालय थापाथलीमा

नेकपा एमाले मुख्यालय कार्यालय थापाथलीमा


काठमाडौं, ११ चैत :  नेकपा एमाले को केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । बुधबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले एमाले कार्यालय थापाथलीमा सर्न लागेको बताए । उनका अनुसार पार्टी कार्यालयको इन्टेरियर डिजाइनिङको काम भइरहेको जानकारी दिए । धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानलाई नै चाहिने भनेकाले एमाले कार्यालय थापाथली सरेको हो ।

एमाले थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो । साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ।

यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ। नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता गरिएको छ । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो ।

 

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार  ९ : ५९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य