२०८३, २३ आश्विन शनिबार

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण

कारबाही गर्न सक्ने सबै अधिकार अध्यक्ष ओलीलाई


काठमाडौँ, ७ चैत्र । नेकपा (एमाले) ले केन्द्रीय कमिटीलाई १० औँ महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २६४ सदस्यीय अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको हो । एमाले १० औँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । एमालेको महाधिवेशनमा आयोजक कमिटीमा रुपान्तरण गरिनेछ ।

महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी ओली, महासचिवमा ईश्वर पोखरेल रहेका छन् । बैठकले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी तय गर्न विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल पनि गठन गरेको छ । जसमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेका छन् ।
यस्तै एमालेका जिल्ला समितिहरुलाई जिल्ला संगठनमा रुपान्तरण गर्न , समयमै अधिवेशन गर्न सातवटै प्रदेश कमिटीलाई सुम्पेको छ । यसअघिको बैठकले २०७८ असारसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई प्रत्यायोजन गरेको छ । अब प्रधानमन्त्री ओलीले समानुपातिक सांसद फेरबदलसमेत गर्न सक्नेछन् ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई नै दिइएको छ । जसअनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्ष ओलीमा निहित गरिएको छ ।

बैठकले सरकार टिकाइराख्न कसैसँग अनुचित सम्झौता नगर्ने पनि निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले जनताको भावना र चाहाना विपरित कुनै काम र सम्झौता नगर्ने स्पष्ट पारेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेको नेपाल–खनाल समूहले भने आज केन्द्रीय समितिको बैठक पनि वहिष्कार गरेको छ । संसदीय दलको बैठकमा सहभागी भएका नेता वामदेव गौतम पनि केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन् । खनाल–नेपाल समूहलेफागुन १८ गतेको निर्णय खारेज हुनुपर्ने माग गर्दै अध्यक्ष ओलीले बोलाएका बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ७ चैत्र शनिबार  १० : ०९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य