२०८३, ३ असार बिहीबार

प्रलेस काभ्रेद्वारा प्रकाशित पुस्तक सार्वजनिक

प्रलेस काभ्रेद्वारा प्रकाशित पुस्तक सार्वजनिक

भाग्य, पुनर्जन्म, ईश्वर यी सबै सामन्तवादी चिन्तन हुन्


बनेपा, २ चैत्र :  प्रगतिशील लेखक संघ काभ्रेद्वारा प्रकाशित काभ्रेली कविहरुको कविता संग्रहलाई एक समारोहका बीच सर्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक समारोहका प्रमुख अतिथी प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले कविता संग्रहलाई गत शनिबार सार्वजनिक गरेका हुन् । संग्रहमा प्रलेस काभ्रेले यसअघि आयोजना गरेको रचना वाचन कार्यक्रममा वाचित विभिन्न ३२ जना प्रगतिशील श्रष्टाहरुको रचना समावेश गरिएको छ ।
बनेपा नगरपालिकाको सभाहलमा भएको प्रलेस काभ्रेको पहिलो पुस्तकलाई सार्वजनिक गर्दै प्रमुख अतिथी प्रा.डा. गिरीले ‘वर्तमान सन्दर्भमा प्रगतिशील श्रष्टले हिंड्नुपर्ने बाटो’को विषयमा सान्दर्भिक मन्तव्य राखेका थिए । काभ्रेली कविहरुको कविता संग्रह वर्तमान समयको आवाज भएको बताउँदै यो नेपाली वाङ्मयको एउटा महत्वपूर्ण उपलब्धी हो, उनले भने–‘पछिल्लो पुस्ताले बुझ्नुपर्छ कि श्यामप्रसाद शर्मा, युद्धप्रसाद मिश्र, जनकप्रसाद हुमागाईहरुका रचनाहरुको मूल्य कति छ भनेर ?’ प्रलेस काभ्रेलाई प्रेरित गर्दै उनले भने–‘कविता संग्रह प्रकाशित गरेर प्रलेस काभ्रेले इतिहास रचेको छ । भविष्यमा आजका प्रगतिशील श्रष्टाहरुको रचनाको मूल्य पनि अग्रजहरुको जस्तै हुनसक्छ ।’ काम गर्न खोजेपछि केही दुःख र सास्ती खेप्नुपर्छ तर विश्वास आर्जन गरेर काम थालियो भने असम्भव भने हुँदैन, राम्रो योजना र राम्रो कामको लागि सघाउनेहरु धेरै आउँछन् । योजना बनाउनुपर्छ र काम गर्न थाल्नुपर्छ । इतिहासले हामीलाई सँधै जिम्मेवारी पनि सुम्पिदैन । सुम्पिएको बेलामा पूरा गर्नै पर्छ । त्यो अभिभारा प्रलेस केन्द्रमा मैले पूरा गरिरहेको छु र काभ्रेले पनि इतिहासले सुम्पेको जिम्मेवारी अवश्य पूरा गर्ने विश्वास लिएको छु, मन्तव्यको क्रममा उनले भने । समय फेरिए जस्तै शोषणको तरिका पनि फेरिएको छ र सिमित मान्छेले मात्रै धन बटुलेर बसेका छन् । प्रविधिसँगसँगै प्रदुषण भित्रिएको छ । प्रगतिशील लेखक संघले सामाजिक अन्धविश्वास, सामन्तवाद, साम्राज्यवाद, पूँजीवाद र निजीकरणले गरेका सबैखाले शोषणका विरुद्धमा कलम चलाउँदै आएको प्रा.डा. गिरीले मन्तव्यका क्रममा राखे ।

प्रगतिशील श्रष्टाहरुले नेपाली समाजको सामन्तवादी अवशेषका विरुद्धमा आज पनि कलम चलाउनुपर्छ उनले भने, हाम्रो भाग्य र भविष्य लेख्ने त हामी नै हौं, त्यो कुनै विष्णुको अवतारले होइन । भाग्य, पुनर्जन्म, ईश्वर यी सबै सामन्तवादी चिन्तन हुन् ।
अब प्रगतिशीलहरुले साँस्कृतिक र समाजिक रुपान्तरणकै कुरालाई जोड दिएका रचना समाजलाई दिनुपर्छ, उनले भने–हामीले निरास नभई यही समाजमा बसेर सबै रुढीवादी चिन्तनलाई फाँड्दै जानुपर्छ । अग्रजले दिएको चेतना बोकेर नै लोकतान्त्रिक गणतन्त्रमा पुगेका हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबैखाले थिचोमिचोको विरोधमा कलम चलाउनुपर्छ । कहीको पनि अन्याय र ज्यादती
प्रगतिशील श्रष्टाहरुले सहँदैनन् । प्रलेसले शिक्षा, स्वास्थ्य, अभिव्यक्ति स्वतन्त्रता, एमसीसी लगायतका विषयमा आफ्नो सुझावहरु दिएको चर्चा गर्दै उनले भने, समाजको भलो गर्नका प्रगतिशील श्रष्टाहरु एकै ठाउँमा बस्नुपर्छ र माक्र्सवादको उज्यालोमा समाजको परिवर्तनको निम्ति समाजकै काखमा बसेर समाज नभाँडिने गरी विषयवस्तुको छानौट गरी प्रगतिशीलहरुले कलम चलाउनुपर्छ ।

प्रगतिशील लेखक संघ काभ्रेकी अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा भएको पुस्तक सार्वजनिक समारोहमा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका महासचिव मोहन दुवालले कविता संग्रहको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रलेस काभ्रेका सल्लाहकार तुयुकाजी तम्राकार, प्रलेसका पूर्व केन्द्रीय सदस्य रक्तिम लामा, पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा, नवराहितियक समाजका अध्यक्ष सिताराम आचार्य लगायत काभ्रेका विभिन्न भेगबाट रचना सहित प्रगतिशील श्रष्टाहरुले उल्लेख्य सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी अतिथी तथा प्रगतिशील साहित्यसेवीहरुलाई प्रलेस काभ्रेका उपाध्यक्ष केदारनाथ आचार्यले स्वागत र सचिव धु्रव रायमाझीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०७७, २ चैत्र सोमबार  २ : ३८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई